Section 16
जिल्ला भू तथा जलाधार संरक्षण समिति

१) कुनै जिल्लामा भू तथा जलाधार संरक्षण सम्बन्धी कार्यहरुको कार्यान्वयनमा समन्वय ल्याउन नेपाल सरकारले नेपालराजपत्रमा सूचना प्रकाशित गरी जिल्ला भू तथा जलाधार संरक्षण समिति गठन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन भएको जिल्ला भू तथा जलाधार संरक्षण समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछन् ।